ललितपुर । रसायन तथा मेडिकल आपूर्ति संघ (केमसान) मा शैलेस कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। ललितपुरमा शुक्रबार ( २५ चैत , २०८३ ) सम्पन्न भएको संघको २०औं सधारणसभाबाट आगामी तीन वर्षको कार्यकालको लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
केमसानको नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिनोद मानन्धार सर्वसम्मत चयन भएका छन् । यस्तै, महासचिवमा दीपक शर्मा, कोषाध्यक्षमा निर्मल रेग्मी र सचिवमा विजय खनाल सर्वसम्मत चयन भएका हुन।
यस्तै कार्यसमिति सदस्यहरु विनय राज सिग्देल, गणेश सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन चयन भएका छन् ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता शिव राज धितालले प्रामाणपत्र सहित स्वागत गरेका थिए।
यससँगै, केमसानका निवर्तमान अध्यक्ष भक्त हमालको तीन वर्षको कार्यकाल सकिएको छ। निवर्तमान अध्यक्ष हमालले नयाँ कार्यसमितिहरुलाई बधाई एवम् शुभकामना प्रदान गरेका थिए। नवनिर्वाचित अध्यक्ष शैलेस कंडेलले आफ्नो कार्यकालमा संघ र सदस्यहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।